Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेपाली कांग्रेसले चितवन- २ र तनहुँ १- को उपनिर्वाचनमा आफ्ना उम्मेदवार तय गरेको छ। कांग्रेसले चितवन- २ मा जितनारायण श्रेष्ठ र तनहुँ- १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

उक्त पार्टीको बिहीबार बसेको कार्यसम्पादनको बैठकले उक्त निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताएका छन्। ‘चितवन- २ मा श्रेष्ठ र तनहुँ- १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ,’ महतले भने।

भट्टराई कांग्रेसका केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ चितवन कांग्रेसका पूर्वसभापित हुन्। चितवन- २ बाट निर्वाचित स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद खारेज भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो भने तनहुँ- २ का सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

 

तपाईको प्रतिक्रिया