काठमाडौं – काठमाडौं उपत्यकामा आज (मंगलबार) घोडेजात्रा पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ। सरकारले घोडेजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ।
विभागका सूचना अधिकारी खिमानन्द भुसालले मंगलबार बिहान १० देखि दिउँसो साढे २:३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए। मंगलबारका लागि ८०० जनाले राहदानीको फर्म भरेकोले २:३० बजेसम्म सेवा दिने भुसालले जानकारी दिए।