काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलको बैठक बस्दैछ । नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठक बस्ने भएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे बस्ने संसद् बैठकबाट विश्वासको मत लिनु अगावै संसदीय दलको बैठक बस्ने एमालेले जनाएको छ ।
तत्कालीन सत्ता गठबन्धनमा रहेको एमाले र राप्रपा सरकारबाट बाहिरिनुका साथै समर्थन पनि फिर्ता लिइसकेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । सोही बमोजिम आज प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिँदैछन् ।