Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेपाल वायुसेवा निगम (एनएसी)ले जहाज थप्न अध्ययन थालेको छ। निगमले उपमहाप्रवन्धक जनक कालाखेतीको संयोजकत्वमा गठन गरिएको समितिले अध्ययन सुरु गरेको हो। सो समितिले अन्तर्राष्ट्रिय तर्फ दुईवटा एयरबसको न्यारोबडी र आन्तरिक तर्फ स्टलका लागि तीनवटा ट्विनअटर र ट्रंक रुटका लागि दुईवटा एटीआर जहाज ल्याउन अध्ययन गरिरहेको छ।

‘संचालक समितिको निर्देशन अनुसार गरिएको यो अध्ययन पुनः संचालक समितिमा पेश गरिन्छ। त्यसपछि पर्यटन मन्त्रालयबाट प्रक्रिया सुरु हुनेछ,’ निगमका एक कर्मचारीले भने।

अन्तर्राष्ट्रिय उडानका लागि थप दुईवटा न्यारोबडी जहाज ल्याएपछि मलेसिया, दिल्ली, दुबई, दोहा, बैंग्लोर लगायत विभिन्न गन्तव्यमा निगमले उडान संख्या विस्तार गर्ने उनले जानकारी दिए। उनका अनुसार हाल यी गन्तव्यमा साताको पाँच-पाँचवटा उडान हुँदै आएको छ। निगमले ‘ड्राइ लिज’मा जहाज ल्याउने गरि प्रकिया अगाडि बढाउन लागेको हो।

स्टल रुटका लागि तीनवटा ट्विनअटर जहाज खरीद गर्ने योजना बनाएको निगमले सुगम गन्तव्यका लागि दुईवटा एटीआर-७२ सिरिजको जहाज ल्याउने योजना बनाएको छ।

 

तपाईको प्रतिक्रिया