Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौँ – उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा) बाट दुई जनाको उम्मेदवारी परेको छ । उपराष्ट्रपतिका लागि जसपाबाट प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रिय सभा सदस्य यादवले उम्मेदवारी दर्ता गरेकी हुन् ।

यसअघि सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी(जसपा) का संसदीय दलको नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका थिए । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय उनले यादवले उम्मेदवारी दर्ता गरेका हुन् । यादवको प्रस्तावका सांसदहरू अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

यसअघि एमालेबाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवार दर्ता गराइसकेकी छन् । आज बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको छ । चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

 

तपाईको प्रतिक्रिया