काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पनि विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । गत बिहीबार मात्र राष्ट्रपतिमा चयन पौडेल शुक्रबारदेखि विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।
आज पनि उनी दिउँसो साढे १ बजे पुष्पलाल पार्क (चम्पादेवी) र त्यसपछि दिउँसो साढे २ बजे भट्टराई आश्रम बाडेगाउँ पुग्ने कार्यक्रम छ । शुक्रबार राष्ट्रपति पौडेल गुह्वेश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गर्नाका साथै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए । उनको आगमनको क्रममा ट्राफिक जाम भएको भन्दै आलोचनासमेत भएको थियो ।
चौथो कार्यकालका लागि मुलुकको तेस्रो राष्ट्रपति बनेका पौडेलले आगामी सोमबार शपथ खाने र पद सम्हाल्ने तयारी छ ।