काठमाडौं – उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन १० दलीय गठबन्धनको बैठक शुरु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलीय गठबन्धनको बैठक सुरु भएको हाे । यसअघि गठबन्धनमा ९ दल सहभागी भएको थियो ।
यसपटकको बैठकमा भने प्रभु शाह पनि बालुवाटारको बैठकमा पुगेका छन् । शाह अध्यक्ष रहेको आम जनता पार्टी थपिएपछि १० दलीय गठबन्धन बनेको हो । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बसिरहेको छ ।
१० दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्तिक समाजवादी पार्टी , नागरिक उम्मुक्ति , जनमत पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी सहभागी छन् ।