Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले २ करोड ४३ लाख ६८ हजार जरिवाना तिर्नु पर्ने भएको छ । बिहीबार सजाय निर्धारण गर्दै विशेष अदालतले गुरुङलाई एक करोड २१ लाख ८४ हजार रूपैयाँ जरिवाना र सोही बराबर विगो भराउने सजाय सुनाएको हो ।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गर्न मतियारको भूमिका निर्वाह गरेको विशेष अदालतले गतसाता ठहर गरेको थियो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङसहित ९ जनालाई दोषि ठहर गरेको हो ।

तर गुरुङले मतियारको मात्रै भूमिका निर्वाह गरेको भन्दै उनलाई भने कैद सजाय तोकिएको छैन । सोही मुद्दामा पूर्वमन्त्री बद्री न्यौपानेलाई भने साढे ९ वर्ष कैदको फैसला भएको छ। जरिवाना र बिगो रकम पनि गुरुङलाई भन्दा बढी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते निलम्बित सांसद गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार रुपैयाँ भाडामा १० वर्षका लागि फनपार्कलाई दिने निर्णयमा गुरुङ पनि संलग्न देखिएका हुन् । मनाङबाट निर्वाचित सांसद गुरुङ यही मुद्दाका कारण निलम्बनमा छन् ।

यस्तै बद्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै रकम बिगो बापत असुल गर्ने फैसला भएको विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद अतिवडाले जानकारी दिए । प्रमोद मेहतालाई ८ वर्ष ६ महिना कैद र न्यौपानेलाई जतिनै विगो र जरिवाना, कुन्जव चौधरीको भने मृत्यु भइसकेकाले कैद र जरिवाना तोकिएको छैन । तर उनको सम्पत्तिबाट अरुलाई जति नै विगो भराउने फैसला भएको छ ।

हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमारलाल कर्णलाई ८ वर्ष कैद र अरुलाई जति नै विगो र जरिवानाको फैसला भएको छ । रविन्द्रकुमार यादवलाई ९ वर्ष कैद र विगो तथा जरिवाना अरुलाई जति नै भराउने फैसला भएको भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया