Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौँ – राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ।बिहान १० बजे शुरू भएको मतदान दिउँसो पौने ३ बजे सकिएको हो।राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मतदान सकिएसँगै मतगणना कार्य शुरू गर्ने र साँझ ७ बजेभित्र मतपरिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ । राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३१३ जनाले भाग लिएका छन्। ​प्रदेशसभा सदस्य ५५० मतदाता छन्। तर ५१८ जनाले मात्र मतदान गरेका छन्।

 

तपाईको प्रतिक्रिया