काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ढाडस दिएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै मेयर साम्पाङले भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् तर देश लुट्न नपाएकाहरुले राजीनामा माग्छन् भने जावाफ दिन आग्रह गरेका हुन् ।
मेयर शाहले शनिबार फेसबुकमा स्टाटस लेख्दै केहीले राजीनामा दिन दबाब दिइरहेको बताएका थिए । उक्त स्टाटसपछि मेयर साम्पाङले भनेका छन्, ‘भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् । तर देश लुट्न नपाएकाहरुले राजीनामा माग्छन् भने सुँघाइ दिनुस् , बालेन जी।’