समाचार सुन्नुहोस् :
काठमाडौँ – नेपाली काङ्ग्रेसका नेता एबम प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको उपचार शुरुभएको छ । मुम्बई स्थित नेशनल वर्न सेन्टरमा आईसीयुमा उपचाररत रहेका भण्डारीको डा. सुनिल केस्वानी, डा. संदीप मिस्त्री र डा. अमुलले काउन्सिलिङ गरिरहेका छन् । अस्तालका अनुसार आज विहान भण्डारीको शरीरमा फ्लुडको मात्रा डवल गरिनेछ ।
सोपछि आज शुक्रबार विहान १०ः३० बजे पहिलो सर्जरी गरिने र दिउँसो १ः३० वजे दोस्रो सर्जरी गरिनेछ । हिजो राति ११ः३० मा डा. संदीप मिस्त्रीबाट भएको काउन्सिलिङ अनुसार उनको शरीरको सबै पारामिटर नर्मल रहेका छन् । उनलाई ४८ घण्टा भेन्टिलेशनमा राखेर उपचार गर्ने अस्पतालको तयारी छ । यसैबीच गए राति १२ः३० वजे डा. अमुलबाट भएको काउन्सिलिङ अनुसार नेता भण्डारीको हृदयको चाल नर्मल रहेको छ । एण्टीवायोटिक्स नियमित गर्ने र आत्तिनु पर्ने अवस्था नरहेको चिकित्सकले जनाएका छन् ।