Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सञ्चालित ९ वटा पसलहरु कारबाहीमा परेका छन् । यात्रुसँग चर्को मूल्य असुलेपछि ती पसलहरुमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गरेको हो ।

अनुगमनका क्रममा ती पसलहरुले यात्रुसँग एमआरपी भन्दा तीन गुणा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ । विभागका अनुसार कसुरका आधारमा २ देखि ३ तीन लाख रुपैयाँ जरिबाना गरिएको छ । ९ वटा पसललाई कारबाही गरेर १५ लाख रुपैयाँ असुली गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया