काठमाडौं – काठमाडौंको पशुपति क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ । यसवर्षको महाशिवरात्रि आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ । पशुपति क्षेत्रमा रंगरोगन गर्नेदेखि फूलमालासहितले सजाउने कार्य भइरहेको छ ।शिवरात्रि नजिकिएसँगै भारतसहितका देशबाट साधुसन्त पाशुपत क्षेत्रमा आउने क्रम बढेको छ । पशुपति क्षेत्रमा साधुसन्तको भिडभाड बढ्न थालेको छ ।