Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

सुन्नुहोस् :

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर (नयाँ बाइभ्यालेन्ट खोप) को पहिलो खेप काठमाडौंमा आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् ल्याउन लागिएको १५ लाख डोजमध्ये पहिलो चरणमा आज बिहान तीन लाख ४५ हजार डोज खोप काठमाडौं ल्याइएको हो । बाँकी खोप फागुन ४, ८, ११ र १५ गते तीन लाख ४५ हजारका दरले क्रमश ल्याइने स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताए ।

हाल ल्याइएको खोप १२ वर्षमाथिका दुई डोज पूरा गरेका नागरिकलाई दिने सरकारको तयारी छ । सो खोप ‘वाइभ्यालेन्ट’ ले ओमिक्रोन र यसका सब भेरियन्टहरुविरुद्ध पनि काम गर्ने बताइएको छ । हाललाई टेकुस्थित केन्द्रीय कोल्डचेनमा राखिएको खोप केही दिनभित्रै प्रदेशहरुमा पठाउने योजना रहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया