Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – सरकारले आज सोमबार सार्वजनिक विदा दिएको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद बैठकले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदा दिने निर्णय गरेको हो । यसअघिसम्म यस दिन सार्वजनिक विदा नदिए पनि पहिलो पटक सरकारले सार्वजनिक विदा दिंदा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विरोध भएको हो ।

तत्कालिन माओवादीले २०५२ फागुन १ गतेदेखि राज्यविरुद्ध मुलुकमा सशस्त्र युद्धको शुरुवात गरेको थियो । त्यही दिनको स्मरणमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरु सहभागी नरहेको बताइएको छ ।

सत्ता साझेदार दलका नेताहरुबाटै विदाबारे चर्को आलोचना भइरहेको छ । नागरिकहरुले पनि सामाजिक सञ्जालमा सरकारको निर्णयको विरोध गरिरहेका छन् । यद्यपि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले विदाको स्वागत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया