Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ । भूकम्पमा परी कैयन हराइरहेका छन् । त्यसैले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ । भूकम्प गएको ६ दिन बिते पनि भग्नावशेषबाट जिउँदै निकाल्ने आशा अझै मरेको छैन । संयुक्त राष्ट्र संघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यस प्रकोपको सामना गर्न तत्काल चिकित्सा सहायता उपलब्ध गराउन आवश्यक रहेको बताएका छन्।

उनका अनुसार फिल्ड अस्पतालसँगै बाँचेकालाई खाना र बासको व्यवस्था गर्न आवश्यक छ । यहाँ, पछिल्लो ३० वर्षमा पहिलो पटक टर्की र आर्मेनिया बीचको अलिकन पोष्ट मानवीय राहत प्रदान गर्न खोलिएको छ। खाना, पानी र औषधि बोकेका ट्रकहरूले पहिलो पटक यो पोष्ट पार गरे। यी दुई छिमेकीबीच दशकौंदेखि सीमानाका बन्द छन् र सम्बन्ध पनि चिसो छ । आर्मेनियाका लागि टर्कीका विशेष दूत सरदार किलिकले अधिकारीहरूलाई धन्यवाद दिँदै आर्मेनियाका जनताले पठाएको यो सहयोगलाई आफूले सधैं सम्झने बताए।

उता, सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा पनि सहायता पुग्न थालेको छ । ग्रिफिथले बीबीसीलाई संयुक्त राष्ट्रले विद्रोही नियन्त्रित उत्तरपश्चिम सिरियामा थप क्रसिङ खोल्न सक्रिय र कडा रूपमा काम गर्ने जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया