काठमाडौं – विवेकशील साझा पार्टीले आफ्नो पहिलो महाअधिवेसन माघ २७ शुक्रबारदेखि काठमाडौंमा गर्दैछ। महाधिवेशनको सम्पूर्ण तयारी सकिएको र नेता केशव दाहालको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएसँगै महाधिवेशनको प्रक्रिया सुरु भएको पार्टीले जनाएको छ। विभिन्न आरोह अबरोहबाट गुज्रिएर पार्टीले आफ्नो पहिलो महाधिवेसन आयोजना गर्न लागेको हो। यो महाधिवेसनले पार्टीलाई नयाँ नेतृत्व र नीतिगत स्पष्टता दिने बताइएको छ। पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले ‘मार्ग परिवर्तन’का नाममा राजतन्त्रको समर्थन र धर्म निरपेक्ष र संघीयता खारेजीको अजेन्डा भएको दस्तावेज ल्याएपछि बिबादको भुमरीमा परेको विवेकशील साझा अहिले उनको वहिर्गमनसँगै गति लिने आशामा महाधिवेसन गर्न गहिरहेको नेताहरु बताउँछन्।
विवेकशील साझाको पहिलो महाधिवेसनको उद्घाटन सत्रमा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, स्वतन्त्र पार्टीका सभापती रवी लामिछाने, कांग्रेस महामन्त्री बिस्वप्रकास शर्मा, चिन्तक तथा एकीकृत समाजबादिका नेता घनश्याम भुसाल, नेकपा माओबादी केन्द्रकी नेता पम्फा भुसाल र विवेकशील साझाका पुर्व नेता गोबिन्द नारायण लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महाधिवेसन २ दिनसम्म काठमाडौंमा संचालन हुनेछ।