Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रदेशसभा बैठक साँझ ५ बजेसम्मका लागि सारिएको छ । विश्वासको मत लिन दिउँसो १ बजेलाई बोलाइएको बैठक साँझ ५ बजेलाई सारिएको हो । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले मत नदिए मुख्यमन्त्री रावलले प्रदेश सभामा बहुमत पुर्‍याउन सक्दैनन् तर उन्मुक्ति पार्टीले आफ्ना नेता रेशम चौधरीलाई रिहाइको शर्त राखिरहेको छ । प्रदेश सभामा उनीहरूका ७ सांसद छन् । जो काठमाडौंमा सत्तारुढ दलसँग वार्ता गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरिरहेका छन् ।

सरकार बन्दा उन्मुक्तिले समर्थन गरे पनि अहिले विश्वासको मत दिन ग्राह्रो मानिरहेको छ । उन्मुक्तिले विश्वासको मत नदिए संसदमा बहुमत प्राप्त गर्न नसकी प्रदेश सरकार ढल्नेछ ।सुदूरपश्चिममा सत्ता गठबन्धनतर्फ माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना सांसद छन् तर उन्मुक्ति नै निर्णायक भएकाले उसले आफ्ना नेताको रिहाइको माग गरिरहेको छ । कांग्रेसका १९ जना, नेकपा एकीकृत समाजवादीका ३ जना, स्वतन्त्रका १ जना सांसद प्रतिपक्षमा छन् ।

 

तपाईको प्रतिक्रिया