Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित भएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष समेत रहेका उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार संयन्त्रको बैठक बसेर पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने सहमति भएको थियो ।

तर, बिहीबार १० बजेसम्म पनि संयन्त्रको बैठक बस्ने नबस्ने कुनै ठेगान नभएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । ‘आज बिहीबार संयन्त्रको बैठक बस्ने भनिएको हो । तर अहिलेसम्म कुनै निश्चित भैसकेको छैन । बस्न पनि सक्छ नबस्न पनि सक्छ, त्यसैले अहिलेसम्म समय पनि तोकिएको छैन’, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले बताए ।

नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेसँगै लामिछानेको पार्टी सरकारबाट बाहिरिएको छ । रास्वपाले पाएका मन्त्रालयको जिम्मा अन्य पार्टीका नेताहरूलाई दिने या नदिने भन्ने पनि संयन्त्रमा छलफल गर्न बाँकी छ । प्रधानमन्त्रीले जसपाका भागमा परेकासहित ५ वटा मन्त्रालय आफै मातहत राखेका छन् । अर्कोतिर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका सम्बन्धमा पनि सत्ता साझेदार दलहरुबीच एकरूपता छैन । राष्ट्रपतिका सन्दर्भमा एमाले र माओवादीका फरक फरक विचारले गठबन्धनकै भविष्यमाथि प्रश्न उठ्न थालिसकेको छ ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने पक्षमा छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवारबाहेक अन्यको हकमा राष्ट्रिय सहमति सम्भव नहुने बताउँदै आएका छन् । यही विवाद बढ्दै गएपछि ओली प्रचण्ड वान टु वान पटक पटक बालकोट र बालुवाटारमा भेटवार्ता भए पनि त्यसबारे ठोस निष्कर्ष आउन सकेको छैन । पुस १० गते शीर्ष नेताबीचको कुराकानीमा प्रधानमन्त्री माओवादी र राष्ट्रपति एमालेले लिने सहमति भएको एमाले नेताहरूको दाबी रहँदै आएको छ । त्यस्तै सभामुख र प्रधानमन्त्रीमा एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको नेताहरूले बताए पनि माओवादी शक्ति सन्तुलनका हिसाबले पनि राष्ट्रपतिमा एमाले बाहेकको उम्मेदवारको पक्षमा छ ।

 

तपाईको प्रतिक्रिया