Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – भारतको सर्वोच्च अदालतले आमहडताल देखी विशाल आन्दोलन हुन थालेपछि सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी सच्याएको छ । केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शब्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरे पछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शब्द हटाउने निर्णय गरेको हो । न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शब्द हटाउने निर्णय भएको हो । गत जनवरी १३ मा भारतको सर्वोच्च अदालतले सिक्किमका बहुसंख्यक नेपालीभाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपालीभाषी समुदाय आन्दोलित भएको थियो ।

सिक्किम लगायत क्षेत्रमा आमहडतालदेखी विशाल प्रदर्शनसम्म भएको थियो । सिक्किम लगायत नेपाली भाषा बाहुल्य क्षेत्रमा विशाल प्रदर्शन मात्रै भएको थिएन, आमहडतालसम्म हुदाँ भारतका नेपाली भाषी शहर ठप्पसमेत भएका थिए । आन्दोलन निरन्तर चर्किदै जान थाले पछि भारतीय सर्वोच्च अदालत सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भन्न वाक्यांश सच्याउन बाध्य भएको टिप्पणी गरेको छ । सर्वोच्चको सो निर्णयसँगै सिक्किममा भईरहेको आन्दोलन स्थगित भएको आन्दोलनकारीले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया