Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ७० पैसा र बिक्रीमा १३२ रुपैयाँ ३० पैसा, युरोपियन युरो १४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ २५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमूल्य १४३ रुपैयाँ २८ पैसा र बिक्रीमुल्य १४३ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९२ रुपैयाँ २५ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यसैगरी जापानी येन १० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, चाइनिज युआन एकको खरिदमूल्य १९ रुपैयाँ ४१ पैसा र बिक्रीमूल्य १९ रुपैयाँ ५० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १० पैसा र बिक्रीदर ३५ रुपैयाँ २६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा छ ।

विस्तृतमा हेर्नुस् :

 

तपाईको प्रतिक्रिया