Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – ३५ वर्ष उमेर पार गरेका कर्मचारीहरूले समेत संघीय लोक सेवा आयोगको विज्ञापनमा भिड्न पाउने भएका छन् । सर्वोच्च अदालतको निर्णय अनुसार स्थानीय सेवा अन्तर्गत ३५ वर्ष पार गरेका कर्मचारीहरूले लोक सेवा लड्न पाउने भएका हुन् ।

लोक सेवा आयोगले २८ मंसिर २०७९ मा प्रकाशित शाखा अधिकृत वा सो सरहको विज्ञापनको सूचना प्रकाशित गरेको थियो । जसमा स्थानीय सेवा अन्तर्गतका ३५ वर्ष पार गरेका कर्मचारीले लड्न नपाउने व्यवस्था थियो । उक्त व्यवस्थाका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको थियो । सोही रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै ३५ वर्ष पुरा गरेका उम्मेदवारहरूलाई परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भनी आदेश दिएको थियो ।

उक्त आदेश कार्यान्वयन गर्ने सिलसिलामा लोक सेवा आयोगले रिट दायर गर्ने १० जनालाई उमेर हद नलगाई सात दिनभित्रमा अनलाइन मार्फत आवेदन दिन आह्वान गरेको छ । आदेश कार्यान्वयन गर्ने सिलसिलामा पछि सर्वोच्चबाट अन्तिम फैसला वा आदेश भए बमोजिम हुने गरी हाललाई उनीहरूलाई आवेदन दिन आह्वान गरेको हो ।

 

तपाईको प्रतिक्रिया