Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – कर्णालीमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ। पोखरापछि पहिलो पटक सुर्खेतस्थित प्रदेश अस्पतालमा शनिबार पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो।

मिर्गौला प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोली खटिएको थियो।

बर्दघाट नगरपालिका–४, नवलपरासीका २२ वर्षीय युवकको मिर्गौला झन्डै चार घण्टा लगाएर प्रत्यारोपण गरिएको छ। आइतबार प्रदेश अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले काठमाडौँबाहिर पोखरापछि सुर्खेतमा मिर्गौलाको सफल प्रत्यारोपण भएको जानकारी दिनुभयो। उहाँले अब सुर्खेतमा मिर्गाैला प्रत्यारोपणको कामलाई निरन्तरता दिँदै जाने बताउँदै त्यसका लागि प्रदेश अस्पतालको जनशक्ति सक्षम भएको बताउनुभयो।

 

तपाईको प्रतिक्रिया