काठमाडौँ – पाकिस्तानका पूर्व सेना प्रमुख तथा पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । उनको मृत्युको पाकिस्तानी सेनाले पुष्टि गरेको छ। जनरल परवेज मुशर्रफको मृत्युले दुखी भएको भन्दै उनको आत्मा शान्तिको कामना गरेको छ।
७९ वर्षीय मुशर्रफ लामो समयदेखि बिरामी भएर दुबईको एक अस्पतालमा उपचाररत थिए। उनको त्यही निधन भएको बीबीसी समाचारमा उल्लेख छ ।गत वर्ष उनलाई एमाइलोइडोसिस नामक जटिल रोग लागेको खबर आएको थियो । यो रोग लागेपछि क्रमश: मानिसको शरीरका अंगहरु निष्क्रिय हुन थाल्छन् । उनको जन्म ११ अगस्ट १९४३ मा अविभाजित भारतको पुरानो दिल्लीमा भएको थियो । भारत विभाजनपछि सन् १९४७ मा उनी पाकिस्तानको कराँचीमा परिवारसँगै बसे।