Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैँतीस  हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ । सिराहा जिल्ला लहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । 

नक्कली नोटसहित पक्राउ पर्नेहरूमा सिराहा जिल्लास्थित लहान नगरपालिका वडा नम्बर  १९ स्थायी घर भएका वर्ष ३० का मोहम्मद ओसिन र  सोही नगरपालिका १० स्थायी घर भएका  २२ वर्षीय मोहम्मद राज शेख  रहेका छन् । विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरूको साथबाट चार सय पैँतीस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, दुई थान मोबाइल सेट, ७ थान सिम कार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद गरिएको छ । 

उनीहरूलाई बरामद सामान सहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा  बुझाइएको छ ।

तपाईको प्रतिक्रिया