Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिको चुनावअघि नै सरकारमा खटपट आएको बताएका छन् । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकिरसमेत गरे। ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा भइरहेको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू सरकारमा नभए पनि देश सही ढंगले अगाडि नबढेको र संविधान उल्लंघन भइरहेको प्रति चिन्तित भएको बताएका हुन् ।

‘राष्ट्रपति चुनाव अघि नै खटपट भइसकको छ । हामीलाई यसरी खटपट आएकोमा चिन्ता छैन । तर देश कसरी अगाडि बढ्छ भन्नेमा चिन्ता छ । संविधानको उलघंन गर्ने मान्छे सरकारको जिम्मेवारीमा बस्नु भनेको संकटको सन्देश हो ।’ नेपालले भने, ‘जेले आफैं नियम र कानुनको पालना मन्त्रीले गर्दैन भने त्यस्ताले जनतालाई के सन्देश दिन्छन् । यसैले अहिलेका मन्त्रीप्रति जनता निराश छन् । भोट दिने पनि निराश छन् ।’

यस्तो निराशाविरुद्ध आफ्नो पार्टी बलियो भएर सकारात्मक प्रभाव पार्ने दिशामा अगाडि बढ्नुपर्ने पनि उनले बताए । बैठकमा उनले चिर्वाचनमा पार्टीले हार्नुका कारणबारे पनि बताएका थिए। पार्टीमा १ लाख ३६ हजार सदस्य रहे पनि एक जनाले ३ जनाको मत बटुल्न नसक्दा थ्रेसहोल्ड नकटेको उनको भनाइ थियो।

 

तपाईको प्रतिक्रिया