Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – श्रीलङ्का भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले त्यहाँका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गरेकी छन् । श्रीलङ्काकाकाे ७५औँ स्वतन्त्रता दिवसकाे अवसरमा हुने विशेष समाराेहमा सहभागी हुन त्यहाँ पुगेकी पौड्यालले हिजाे प्रधानमन्त्रीसँग गुणबर्द्धनेसँग भेटवार्ता गरेकी हुन् । भेटमा द्वीदेशीय सम्बन्ध र सहकार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीले नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको बताए । उनले आपसी सहकार्यमा अघि बढ्ने प्रतिबद्धता पनि जनाए । प्रधानमन्त्रीसँगको भेट्नुअघि परराष्ट्रमन्त्री पौड्यालले आफ्ना श्रीलङ्काली समकक्षी एमयूएम अली सब्रिसँग भेटवार्ता गरेकी थिइन् । उनले आज दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

 

तपाईको प्रतिक्रिया