काठमाडौं – कतारमा रहेका एक प्रवासी नेपालीले युएईको अबुधाबी ड्रबाट २ करोड ३० लाख दिराम अर्थात् ८२ करोड नेपाली रुपैयाँको चिठ्ठा जितेका छन्। कतारको एक मनि एक्सचेन्जमा काम गर्ने रणजित पालले उक्त रकम जितेको गल्फ न्यूजले जनाएको छ। पालले जनवरी १६ मा २३२९३६ नम्बरको विजयी टिकट किनेका थिए।
अबुधाबीमा रहेको बिग टिकट ड्रले आफ्नो वर्षको पहिलो प्रवर्द्धनमा २ करोड ३० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो। प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।