Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – सत्तारूढ दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले गत मंसिर ४को निर्वाचनको परिणामले ६ महिनामै मध्यावधि निर्वाचनको अवस्था सिर्जना गरेपछि आफूहरू सरकारमा जानुपरेको स्पष्ट पारेका छन्।एमाले नेता तामाङले आफूहरूले गठबन्धन बनाएर निर्वाचनमा गएका दललाई जनताले सरकार सञ्चालनको म्याण्डेट नदिएपछि एमालेले सरकार गठनको पहल गरेको बताए।

‘नेपाली कांग्रेस र माओवादी केन्द्र अरु दलसहित चुनावमा गएका थिए। सरकार गठनको तयारी पनि गर्नुभएको थियो, उहाँहरूले एमालेलाई हराउने कोशिस पनि गर्नुभएको थियो। तर, जनताले म्यान्डेट नदिएपछि र ६ महिनाभित्र नै मध्यावधि निर्वाचन हुने स्थिति देखापरेपछि हामीले सरकार गठनको प्रयास गर्यौं। हाम्रो प्रयास सफल पनि भयो,’ उनले भने।सरकार गठनका बेलामा भएको सहमतिअनुसार राष्ट्रपतिको निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र उक्त उम्मेदवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गर्ने उनको दाबी छ।

‘सरकार गठनको पहल कदमीअनुसार भएको सहमतिमा अब एउटा काम बाँकी छ, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन। राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले)ले प्रस्ताव गरेको पात्र बन्नेछ। त्यसमा प्रचण्डले समर्थन गर्ने छन्,’ उनले भने।‘नेपाली कांग्रेसपनि सरकारलाई समर्थन दिएको पार्टी भएकाले सरकारभित्र सहभागी हुन्छौं भन्ने हो भने हामी राष्ट्रिय सहमतिका लागि त्यसपछि अगाडि बढ्छौं,’ उनले भने। शान्ति प्रकृयाको काम पनि टुंग्याउन बाँकी रहेकाले बाँकी काम टुंग्याउने प्रकृयामा यो सरकार लाग्ने तमाङको दाबी छ। ‘नेकपा (एमाले) एजेण्डालाई लिएर राष्ट्रिय सहमतिका लागि सकारात्मक छ । पदको बाँडफाडको आधारमा होइन,’ उनले भने ।

तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेको कुनै दवाब नरहेको दाबी गरे। चितवन-२ मा उपनिर्वाचन हुँदै गर्दा रविलाई सत्ता गठबन्धन दलले सहयोग गर्ने उनले बताए। रविको नागरिकता विवादसँगै रहेको राहदानी विवादमा कानुनबमोजिम छानबिन हुन आवश्यक रहेको औंल्याएका छन्।

तपाईको प्रतिक्रिया