Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौँ – आफ्ना देशका नागरिकमाथि प्रतिबन्ध लगाइएपछि चीनले पनि जवाफमा दक्षिण कोरिया र जापानका यात्रुलाई छोटो समयको भिसा जारी गर्न बन्द गरेको छ । सोलस्थित बेइजिङको दूतावासले पर्यटकको रूपमा चीन प्रवेश गर्ने दक्षिण कोरियालीहरूको भिसा निलम्बन गरिएको उल्लेख गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।चीनले आफ्ना नागरिकमाथि भेदभावपूर्ण प्रवेश प्रतिबन्धहरू नहटेसम्म कायम रहने जनाएको छ । गत हप्ता, दक्षिण कोरियाले चीनबाट आउनेहरूको लागि पर्यटक भिसा जारी गर्न बन्द गरेको थियो ।

दक्षिण कोरियाको सो कदमलाई चिनियाँ विदेश मन्त्रालयले अवैज्ञानिक भन्दै निन्दा गरेको थियो ।चीनको पछिल्लो कदमप्रति प्रतिक्रिया जनाउँदै दक्षिण कोरियाको विदेश मन्त्रालयले चीनमाथि लगाइएको प्रतिबन्ध वैज्ञानिक र वस्तुनिष्ठ प्रमाणका आधारमा रहेको जनाएको छ । कोरिया युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ प्रोफेसर किम वू जुले चीनमा नयाँ भेरियन्टको अनुगमनको बारेमा पारदर्शिता नभएको र नयाँ भेरियन्ट आए विश्वका लागि खतरा हुने उल्लेख गर्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया