Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन । जमकट्टेल सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मङ्गलवार बिहान मुख्यमन्त्री जमकट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउन लागेका हुन्।

शपथ लिएलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन्। उनले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई सरकारमा लैजान लागेका हुन्। थपलियाले अर्थ मन्त्रालय सम्हाल्ने छन् भने थापाको मन्त्रालय अझै टुङ्गिएको छैन। जमकट्टेलले आफूलाई समर्थन गरेका दलहरूसँगको छलफलपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने जनाएका छन्।

 

तपाईको प्रतिक्रिया