Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय सच्याउन माग गरेको छ । नेपाल एकीकरणको श्रेय पाएका पृथ्वीनारायण शाहको भूमिकाप्रति असन्तुष्टी जनाउँदै महासंघले सरकारलाई उक्त निर्णय फिर्ता लिन आग्रह गरेको हो । सोमबार पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष गेल्जे शेर्पाले पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णयको विरोध गरे। ‘गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु प्रतिगमनकै पहिलो कदम हो’, उनले भने।

मन्त्री तथा सांसदको शपथ ग्रहणमा दौरा सुरुवाललाई राष्ट्रिय पोशाक र नेपालीलाई राष्ट्रभाषा बनाउने गरी क्रियाकलाप भएको भन्दै उनले आपत्ति जनाए। ‘यो बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रियता र बहुजातीयता विपरीत छ’, उनले भने।

राज्यको पछिल्लो गतिविधि ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह, थरुहट आन्दोलन र आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी व्यवस्था विपरीत भएको पनि महासंघले आरोप लगाएको छ।

 

तपाईको प्रतिक्रिया