Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – सत्तारुढ गठबन्धनको प्रदेश १ को दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी नहुने घोषणा गरेको छ।  । प्रदेश १ को सरकार ५ वर्ष नै एमालेले चलाउने केन्द्रीय निर्णयप्रति असहमति जनाउँदै नसच्याएसम्म सरकारमा नजाने माओवादी केन्द्रले जनाएको छ । पाँच वर्ष नै एमालेलाई मुख्यमन्त्री दिने भनेर गरेको निर्णयले हाम्रो अपमान भएको छ, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङवोले भने । त्यो निर्णय केन्द्रीय नेतृत्वले नसच्याएसम्म हामी सरकारमा सहभागी हुँदैनौं ।

प्रदेश १ मा माओवादी केन्द्रले पनि मुख्यमन्त्री दाबी गरेको थियो । एमालेको भागमा परेपछि प्रदेश १ को सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले मुख्यमन्त्री आलोपालो हुनुपर्ने जनाउँदैआएको थियो । शपथ ग्रहणसँगै माओवादी केन्द्र, राप्रपा, जसपालाई समेटेर मन्त्री मण्डल विस्तार गर्ने तयारीमा रहेका प्रदेश १ का नव नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्की अलमलमा परेका छन । उनी निकट स्रोतका अनुसार माओवादीलाई छाडेर मन्त्री बनाउने कि कसैलाई मन्त्री नबनाउने भन्ने विषमा अलमलमा परेका हुन् । कार्की हिजो मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज उनले शपथ लिंदैछन् ।

 

तपाईको प्रतिक्रिया