काठमाडौँ – राष्ट्रियसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताको समय दिएका छ । आयोगले आज सूचना निकालेर पुस २५ देखि २८ गतेसम्म दल दर्ता गर्न आग्रह गरेको हो ।
यही माघ २५ गते राष्ट्रिय सभा उपनिर्वाचन हुँदै छ। लुम्बिनी प्रदेशको अन्यतर्फ रिक्त १ पदका लागि उपचुनाव गर्न लागिएको हो । केन्द्रीय सदस्य सङ्ख्या, विधान, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति, महाधिवेशन र मितिलगायत विवरण खुलाएर दल दर्ता निवेदन पेस गर्न आयोगले दलहरूलाई आग्रह गरेको छ ।