काठमाडाैँ – नेकपा एमालेले शनिबारबाट प्रतिनिधिसभाका सांसदहरूलाई प्रशिक्षण दिन सुरु गर्ने भएकाे छ। प्रशिक्षण आज नयाँ बानेश्वरस्थित संसद भवनकाे ल्हाेत्से हलमा १ बजेबाट सुरु हुनेछ।
संसदमा कसरी प्रस्तुत हुने लगायतका समसामयिक विषयमा प्रशिक्षण दिन लागिएकाे एमालेका एक नेताले जानकारी दिए। उनका अनुसार संसदीय दलका नेता केपी शर्मा ओलीले प्रशीक्षण तथा सम्बोधन गर्नेछन्।
प्रशिक्षणमा एमालेकै पूर्व र बहालवाला सांसदहरूले आफ्ना अनुभव पनि सुनाउने छन्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ। यसैलाई दृष्टिगत गर्दै आज र भाेलि सांसदहरूलाई प्रशिक्षण दिन लागिएकाे हाे।