काठमाडौं – नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पुस २७ गते पृथ्वी जयन्ती बिदा दिन माग गरेका छन् । सामाजिक संजालमा आफ्नो प्रस्ताव राख्दै बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र नफर्कने भन्दै बिदाको माग गरेका हुन् ।
उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फेवररी १४(भ्यालेन्टाइन डे)मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ।उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होईन।’