Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिला हुन् । दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै परिचय खुलेकाे छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हाे। दुर्घटनामा १८ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा खुसार्नेकी ३६ वर्षीया निर्मला घिमिरे, उहाँकी छोरी ११ वर्षीया सरुमाया घिमिरे, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बीमा पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घाइते भएका १८ मध्ये ६ जनाको एडमन सिटी हस्पिटल जितगढी बुटवल र १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया