Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – जापानको राजधानी टोकियोको जनसंख्या दर अत्याधिक बढिरहेको छ। टोकियो ‘ओभर क्राउडेड’ हुँदै गएपछि जापान सरकारले त्यहाँ बस्दै आएका परिवारहरुलाई शहर बाहिर पठाउन अभियान सुरु गरेको छ। जस अनुसार टोकियो छाडेर जानेहरुलाई निश्चित रकम दिने भएको छ। विश्वमै अत्यधिक जनघनत्व रहेको टोकियोको जनसंख्या घटाउनुका साथै राजधानी आसपासका शहर तथा गाउँको जनसंख्या बढाउने उद्देश्यका साथ उक्त निर्णय लिइएको जनाइएको छ । टोकियोको जनसंख्या दशकौं पछि गत वर्ष पहिलोपटक घटेतापनि मुख्य शहर केन्द्रित जनघनत्वलाई घटाउन उक्त निर्णय लिइएको जापानी अधिकारीले जनाएका छन् ।

जापानको संघीय सरकारका प्रवक्ताका अनुसार यो नियम सन् २०२३ अप्रिल महिनादेखि सुरु हुनेछ। यो अभियान अन्तर्गत लाभ लिन टोकियो महानगर क्षेत्रमा बस्दै आएका परिवार र एकल अभिभावक योग्य हुनेछन्। कम जनसंख्या भएको जापानको कुनै क्षेत्रमा जान चाहने त्यस्तो परिवारले प्रति सन्तान १ मिलियन यान (करिब १० लाख नेपाली रुपैयाँ) पाउनेछन्। यो योजना अन्तर्गत रकम पाउन १८ वर्षमुनिका बालबालिका योग्य हुनेछन्। यस्तै, ‘हाइ स्कुल’मा अध्ययरत १८ वर्ष वा त्योभन्दा बढी उमेरका ‘डिपेन्डेन्ट’ किशोरकिशोरीले पनि यो योजना अन्तर्गत सरकारले तोकेको रकम पाउनेछन्।

जापान सरकारले टोकियोको जनसंख्या घटाउन पहिलोपटक यसरी रकम दिएर योजना सार्वजनिक गरेको भने होइन। सरकारले यसअघिदेखि नै टोकियोबाट बाहिर स्थानान्तरण हुनेलाई तीन लाख येन दिँदै आएको छ । अहिले बढेको रकम अप्रिलबाट लागू हुने जापानी मिडियाले बताएका छन् ।  त्यसैले यो योजनामा टोकियोमा बस्दै आएका परिवार संलग्न हुनेमा सरकारले अपेक्षा लिएको छ ।

 

तपाईको प्रतिक्रिया