Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुसदेखि तराईमा शीतलहर चल्न थालेको हो । नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि प्रारम्भ भएको महाशाखाले जनाएको छ ।

शीतलहरका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ । बढ्दो चिसोका कारण बालबालिका र जेष्ठ नागरिकलाई समस्या भएको छ । तराईका अधिकांश जिल्लाका विद्यालयहरू केही दिनका लागि बन्द गरिएका छन् ।

सिमराभन्दा पूर्वका तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ । महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ । पछिल्ला दिनमा तराईमा दिनभर हुस्सुकुहिरो लाग्दै आएको छ । आज बिहान पनि तराईमा बाक्लो हुस्सु छ । 

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन महाशाखाले गरेको छ । पश्चिम र मध्यतराईका धेरै स्थानमा हुस्सुकुहिरो लाग्ने सम्भावना छ ।  

तपाईको प्रतिक्रिया