Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच छिट्टै एकता हुने भएको छ । नेपाल समाजवादीको आगामी पुस २४ गतेको राजनीतिक समितिको बैठकपछि पार्टी एकताको वातावरण बनाएर जाने नेताहरूले बताएका हुन् ।

प्रचण्ड–बाबुरामबीच गत साउन ३१ गते एउटै चुनाव चिह्न र घोषणापत्र लिएर जाने सहमति भएको थियो । सोअनुसार एउटै चुनाव चिह्न र घोषणापत्रमार्फत नेपाल समाजवादीका संघीय परिषद् अध्यक्ष महेन्द्रराय यादव प्रतिनिधि सभामा निर्वाचित भएका थिए । यस्तै प्रदेशसभातर्फ गंगानारायण श्रेष्ठ र फनिन्द्र देवकोटा निर्वाचित भएका थिए ।

राजनीतिक समितिको बैठकपछि दुबै पक्षबाट समिति बनाएर माघभित्रै एकता गर्नेतिर जानुपर्ने नेता गंगानारायण श्रेष्ठले बताए । नेपाल समाजवादीका सांसद माओवादीका हुने भएकाले पार्टी एकता गर्न ढिला गर्न नहुने भन्दै बाबुराममाथि नेताहरूले दबाब बढाएका छन् । ‘हाम्रो पार्टी र माओवादीबीच तत्काल एकता गर्ने भन्ने छ । त्यसमा पार्टीको नाम र चुनाव चिह्न तत्काल टुंगो लगाउनुपर्छ भन्ने छ । अरु वैचारिक र कार्यदिशाको सवालमा महाधिवेशनमा बहस तथा छलफलबाट किनारा लगाउँनुपर्छ भन्ने छ’ श्रेष्ठले भने, ‘हाम्रो जोड समाजवादी केन्द्र बनाउने, चुनाव चिह्न समेत फेर्नुपर्छ भन्ने छ । त्यसमा दुबै पक्षको सहमतिमा एउटा निष्कर्षमा पुगिएला ।’ अरु देशभक्त कम्युनिस्ट पार्टीसँग पनि सहकार्य गरेर जाने योजना बनाइएको श्रेष्ठले बताए । त्यसमा एमाले, एकीकृत समाजवादी र जसपा लगायतका दललाई समेट्न सकिने उनको भनाइ छ ।

यसैगरी माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाल समाजवादी पार्टीसँग तत्काल एकता हुनेगरी छलफल भइरहेको बताए । ‘बाबुरामजी नेतृत्वको पार्टीसँग चुनावअघि नै एक खालको कार्य भइसकेको हो । प्राविधिक रूपमा एकता गर्न मात्रै बाँकी छ,’ पौडेलले भने, ‘संसदमा भएका अरु कम्युनिस्ट शक्तिहरुलाई जोडेर बृहत् कम्युनिस्ट केन्द्र बनाउने योजनामा छौं ।’ एकता गर्दा पार्टीको नाम र चुनाव चिह्न आपसी सहमतिमा टुंगो लगाउने पौडेलको दाबी छ । २०७२ साल असोज ९ गते माओवादीलाई ‘भत्किएको घर’ संज्ञा दिँदै बाबुरामले पार्टी परित्याग गरेका थिए ।

तपाईको प्रतिक्रिया