काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटीको बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा निर्णय गर्ने भएको छ । त्यस विषयमा छलफल गर्न नेकपा एसको स्थायी कमिटी बैठक बिहान ११ बजे बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा ‘समसामयिक राजनीतिक अवस्था’ एजेण्डामा छलफल हुने छ । आज स्थायी कमिटीमा छलफल गर्नलागेको एकीकृत समाजवादीले आउदो सोमबार पोलिटब्यूरो बैठक बोलाएको छ ।