Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – नेपाल दुरसञ्चार प्राधिकरणले आज (पुस १५) बाट अवैधानिक रुपमा नेपाल भित्राएका मोवाइल नचल्ने जनाएको छ। प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्ण रुपमा सञ्चालनमा ल्याउने भएपछि चोरी गरेर वा लुकाएर ल्याएका मोवाइल नचल्ने भएका हुन् ।

त्यस्तै, विदेशबाट आउने व्यक्तिले आफनो व्यक्तिगत प्रयोजनको लागि ल्याएको मोबाइलको समेत भन्सार घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले अवैधानिक रुपमा मुलुकमा ठूला रकमको मोवाइल भित्रने थाले पछि यो सिस्टम कार्यान्वयनमा ल्याएको हो । प्राधिकरणले २०७९ भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट तथा सञ्चालनमा रहेका सबै मोवाईल सेट स्वत प्रणालीमा दर्ता हुने व्यवस्था हुने बताएको छ । तर, असोज देखि भने अनौपचारिक माध्यमबाट ल्याईएका मोवाईल नेपालमा चल्ने छैनन् । यदि कसैले व्यक्तिगत रुपमा विदेशबाट मोबाईल ल्याईएका छन् भने आफैले प्रणालीमा दर्ता गर्न सक्ने प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले बताएका छन् ।

एमडिएमएस प्रणाली लागू भए पछि मोबाईल आयातकर्ताले नेपाल भित्राउने सबै मोबाईल आफैले प्रणालीमा दर्ता गरी ल्याउनु पर्नेछ । त्यसैगरी कसैले विदेशबाट नेपाल आउँदा साथमा ल्याएका मोवाईल भने आफैले प्रणालीमा दर्ता गर्न सक्नेछन्। त्यस्तै, यो सिस्टम सञ्चालनमा आएसँगै मोबाइल आयातकर्ताले पनि प्राधिकरणसँग अनुमति लिएर र आईएमइआई नम्बर दर्ता गरेर मात्रै मोबाइल आयात गर्नुपर्नेछ।

यो समाचार सम्बन्धि “पछिल्लो अपडेटयो पढ्नुहोस् : विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

 

 

तपाईको प्रतिक्रिया