Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – बुधबार साझ ७ बजेतिर २० वर्ष उमेरका दुइ नेपाली युवती अस्ट्रेलियाको सिड्नीमा अवस्थित क्रोनोला विचमा डुबेका छन् । उनीहरुको यत्ति बेला सेन्ट जर्ज अस्पतालमा उपचार भइरहेको छ । एकको अवस्था भने गम्भीर रहेको जनाइएको छ ।

उनीहरु नेपाली भएको न्यु साउथ वेल्स प्रहरीले पुष्टी गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार हिजो साझ ७ बजे क्रोनोला विचमा पानीबाट अचेत अवस्थामा निकालिएको एक युवती बारे खबर पाएको थियो । त्यसपछि पारामेडिक्सको टोलीले घटनास्थलमा प्राथमिक उपचार गरेर हेलिकप्टरमार्फत अस्पताल ल्याएको थियो ।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शी अजय गुरुङका अनुसार तीनचार जनाको समुहमा ती युवतीहरु पौडी खेलिरहेका थिए । पानीमा डुबेपछि वरिपरी रहेका मानिसहरुले उनीहरुलाई बाहिर निकालेको प्रत्यक्षदर्शी गुरुङले बताएका छन् । बेलुका सात बजिसकेकाले त्यहा लाइफ गार्डहरु नभएकाले उद्धारमा ढिलाई भएको उनले बताए ।

तपाईको प्रतिक्रिया