Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसका लागि उनले आफ्नो समूहका नेताहरुबीच छलफल गर्दै आएका छन् । त्यसको निचोड सार्वजनिक गर्न उनले आज(बिहिवार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा आज(बिहिवार) दिउँसो ३ बजे आयोजना गरिएको छ । नेता साहले भने, ‘पार्टी गठनको तयारीका लागि अनौपचारिक छलफल गरिरहेका छौं । आज त्यसको निचोड सार्वजनिक गर्छौं ।’

यसअघि साहले नयाँ पार्टीको नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना रहेको बताएका थिए ।

 

तपाईको प्रतिक्रिया