काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव चयन भएका छन्। उनी निर्विरोध दलको नेतामा चयन भएका हुन्। रामसहाय यादवको मात्रै मनोनयन दर्ता भएपछि निर्विरोध चयन भएको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जानकारी दिएको छ।
यादव बारा २ बाट निर्वाचित भएका थिए। उनलाई संसदीय दलको नेता बनाउन अध्यक्ष यादवले नै पहल गरिरहेका थिए। जसपाका अर्का अध्यक्ष अशोक राईले पनि दलको नेतामा दाबी गरेका थिए। यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी फिर्ता लिएका हुन्। प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्।