Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यथाशिघ्र प्रधानमन्त्री निवास बालुवाटार सर्ने तयारी गरिरहेका छन् । यद्यपि, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार नछाड्दा नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई गाह्रो भएको छ । गत आइतबार नै प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नु पर्ने हो, यद्यपि निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाड्न ढिला गर्दा यो प्रकृया लम्बिएको छ ।

अहिले प्रधानमन्त्री दाहाल नीजि निवास खुलमटारमै बसोबास गरिरहेका छन् । प्रधानमन्त्री भए लगत्तै दाहाललाई वधाइ दिनेहरुको खुमलटारमा भिड लाग्न थालेको छ । दाहाल बसोबास गरिरहेको खुमलटारको घरको क्षेत्रफल सानो हुनुका साथै सवारीसाधनको पार्किङमा समेत समस्या आएको छ ।

सोमबार नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका दाहाललाई आज मंगलबार बिहानदेखि वधाइ दिनेहरुको भिड बढेको हो । उता, निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाड्न अझै समय लाग्ने देखिएको छ । उनी भाडाको नयाँ घर फेला परेपछिमात्र बालुवाटार छाड्ने मुडमा छन् । देउवाको बुढानिलकण्ठस्थित घरमा निर्माण कार्य भैरहेको त्यहाँ सर्न कठिनाइ भएको बताइन्छ ।

निवर्तमान प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार उपयुक्त घर भेटिने बित्तिकै बालुवाटार खालि गरिने छ । परियारले आज दिउँसो सम्ममा नयाँ घरको टुंगो लाग्ने सक्ने अनुमान गरेका छन् ।

 

तपाईको प्रतिक्रिया