काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आज एक अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ। यसअघि शुक्रबारदेखि यो मूल्य यथावत छ। यस्तै आज युरो एकको खरिद दर १४० रूपैयाँ ४३ पैसा र बिक्री दर १४१ रूपैयाँ ०७ पैसा रहेको छ। युरोको भाउ अघिल्लो दिनको तुलनामा केही बढेको हो।
यस्तै बेलायती पाउण्ड एकको खरिददर १५९ रूपैयाँ ५३ पैसा र बिक्री दर १६० रूपैयाँ २५ पैसा रहेको छ। यस्तै अष्ट्रेलियन डलरको भाउ १ को खरिददर ८८.८७ रूपैयाँ र बिक्रीदर ८९.२७ रूपैयाँ छ। यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको छ। जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ९६ पैसा र बिक्री दर १० रूपैयाँ १ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
हेर्नुहोस् कसको मूल्य कति ?