Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

काठमाडौँ – युक्रेनमाथि रुसको आक्रमणपछि युरोपमा ऊर्जा संकट चर्किएसँगै जर्मनीमा मैनबत्तीको माग बढेको छ । युरोपेली मैनबत्ती उत्पादक संघका प्राविधिक निर्देशक स्टेफान थोमानले अहिले मैनबत्तीको व्यापक माग रहेको बताए ।

रुसी आक्रमणअघि जर्मनीले रुसबाट आधाभन्दा बढी प्राकृतिक ग्यास लिइरहेको थियो । युरोपेली संघमा जर्मनी नै रुसी ग्यासको सबभन्दा ठूलो ग्राहक थियो । त्यस ग्यासमार्फत जर्मनहरू घर तताउने, विद्युत् उत्पादन गर्ने र कारखाना चलाउने गर्थे । युद्ध शुरू भएपछि जर्मनीले रुसी प्राकृतिक ग्यासको आयात घटायो । तर रुसी ग्यासमा जर्मन अर्थतन्त्र निर्भर रहेकाले राजनीतिकर्मीहरू त्यसको पूरै कटौतीको विपक्षमा थिए ।

 

तपाईको प्रतिक्रिया