Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दलहरूलाई दिइएको समय आज आईतबार साँझदेखि सकिँदै छ । गत पुस ३ गते राष्ट्रपतिले एक साताको समय दिँदै पुस १० गते साँझ ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी गर्न समय दिएकी थिइन् । संसद्‌मा कुनै पनि दलको बहुमत नआएकाले संविधानको धारा (७६) को उपधारा १ अनुसार सरकार बन्न नसक्ने देखिएका कारण राष्ट्रपति भण्डारीले सदनमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेकी हुन् ।

यसबीचमा दलहरूले आ-आफ्नो पार्टीमा संसदीय दलको नेतासमेत चयन गरिसकेका छन् भने नयाँ सरकार बनाउन कसरत पनि गरिरहेका छन् । यद्यपि, नयाँ सरकारको नेतृत्व कसले गर्ने, प्रधानमन्त्री को बन्ने, कुन-कुन दल मिलेर सरकार बनाउने ? आदि विषयमा सहमति हुन सकेका छैनन् । नयाँ सरकार गठनका लागि सहमति जुटाउने प्रयासमा रहेको सत्ता गठबन्धनबाट प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुबैको अडानसहितको दावी गरिरहेका छन् ।

योबीचमा मिलेर सरकार बनाउने भन्नेजस्ता विषयमा सहमति हुन सकेका छैनन् । नयाँ सरकार गठनका लागि सहमति जुटाउने प्रयासमा रहेको सत्ता गठबन्धनबाट प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुबैले दावी गरिरहेका छन् । आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुटे पनि पहिलो कार्यकाल कसले चलाउने भन्ने विषयमा सहमति जुटिसकेको छैन ।

गठबन्धनको बैठक अहिले बिहान पुन: बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान १० बजे बस्ने कार्यक्रम छ । अब बन्ने सरकारमा गठबन्धनले निरन्तरता पाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दावी गरेका छन् । अर्कोतिर, नेकपा एमालेले पनि नयाँ सरकार बनाउन पहल गरिरहेको छ । माओवादीले गठबन्धन छाडेमा नयाँ सरकार बनाउन सकिने एमाले नेताहरूले बताएका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डले प्रधानमन्त्री हुने इच्छा देखाए पनि ढिलो गरी इच्छा देखाएकोले प्रधानमन्त्री हुन गाह्रो रहेको प्रतिक्रिया दिएका छन् ।

 

तपाईको प्रतिक्रिया