काठमाडौँ – केन्द्रीय कारागारबाट रिहा भएका चार्ल्स शोभराजलाई पुनः कारागार नै पठाइने भएको छ। केन्द्रीय कारागार सुन्धाराबाट छुटेका शोभराजलाई डिल्लीबजार कारागारमा लैजाने तयारी भएको छ।
अध्यागमन कानुन उल्लघंन गरेको आरोपमा शोभराजलाई पुनः कारागार पठाउने तयारी गरिएको हो।भिसा सहित अन्य कगजी प्रक्रिया पूरा नहुन्जेल शोभराज अझै १५ दिन केन्द्रीय कारागार रहनपर्ने भएको छ। शोभराजले कारागारबाट निस्किएपछि होटलमा बस्नपर्ने माग गरेका थिए।
दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई उनी १९ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा थिए। शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन बुधवार आदेश दिएको थियो।